Rule 10
पेट्रोलियम सम्झौता
: (१) पेट्रोलियम कार्यको लागि कुनै पनि बोलपत्रदातालाई सामान्यतया दुई अन्वेषण खण्डभन्दा बढी प्रदान गरिने छैन ।
(२) उपनियम (१) को अधीनमा रही एकभन्दा बढी अन्वेषण खण्डको लागि पनि एउटै पेट्रोलियम सम्झौता गर्न सकिनेछ ।
(३) नेपाल सरकारले स्वीकृत गरेबमोजिम थपघट गरी अनुसूची–२ बमोजिमकै ढाँचामा नेपाली वा अंग्रेजी भाषामा पेट्रोलियम सम्झौता गरिनेछ ।
(४) नेपाल सरकारको तर्फबाट उद्योग मन्त्रालयका सचिवले पेट्रोलियम सम्झौतामा हस्ताक्षर गर्नेछ ।
(५) यस नियम बमोजिम भएको पेट्रोलियम सम्झौता ठेकेदारले उल्लङ्घन गरेमा नेपाल सरकारले उक्त सम्झौता रद्द गर्न सक्नेछ । त्यसरी सम्झौता रद्द गर्नु अघि ठेकेदारलाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।